International युइएफए युरोः क्वाटरफाइनल समिकरण पूरा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । मंगलबार राती दुई खेलहरुको समाप्तीसँगै जर्मनीमा जारी प्रतिष्ठित युइएफए युरो–२०२४ फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिताको अन्तिम दुई प्रिक्वाटरफाइनलतर्फ मंगलबार राती नेदरल्याण्डले रोमानियामाथि ३–० र टर्कीले अष्ट्रियामाथि २–१ को जित निकालेसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिताको क्वाटरफाइनल खेलहरु जुलाई ५ तारीख शुक्रबारदेखि शुरु हुँदैछन् । जसअन्तर्गत जुलाई ५ तारीखका दिन हुने पहिलो क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीको सामना गर्नेछ । त्यस्तै सोही दिन राती हुने अर्को क्वाटरफाइनलमा पोर्चुगलले फ्रान्सको सामना गर्नेछ ।

त्यसैगरी जुलाई ६ तारीखका दिन हुने तेस्रो क्वाटरफाइनलतर्फ इङल्याण्डले स्वीजरल्याण्डको सामना गर्नेछ भने सोही दिन राती हुने चौथो क्वाटरफाइनलमा उत्कृष्ट लयमा रहेको नेदरल्याण्डले टर्कीसँग खेल्नेछ ।

 

Post Comments