
राजारानी । सलहेश युवा क्लब, सिराहा यहाँ जारी ११औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । आइतबार चौथो क्वाटरफाइनलमा सलहेशले गोल्डेन स्टार युथ क्लब, सुनसरीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
राजारानी खेलमैदानमा भएको खेलमा सलहेशका लागि अर्माण्ड र आदित्य शाक्यले गोल गरे । उता पराजित गोल्डेन स्टारका लागि कृपा चौधरीले एक मात्र गोल फर्काए । खेलमा सलहेशका जय गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार र ट्रफी हातपारे ।
प्रतियोगिता अन्तर्गत जेठ १४ गते सोमबारको पहिलो सेमिफाइनल खेल डाँगीहाट युथ क्लब, मोरङ्ग र आयोजक रारा फुटबल क्लब, राजारानी, धनकुटा बीच हुने आयोजकले जानकारी दियो ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १६ गतेका दिन हुनेछ ।
- बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: गोल्डेन स्टार भलुवा सेमिफाइनलमा