News सलहेश फाइनलमा, उपाधिका लागि रारासँग भिड्ने
गोलनेपाल

राजारानी । रोमाञ्चक जितका साथ सलहेश युवा क्लब, सिराहा यहाँ जारी ११औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा सलहेशले बिर्तामोड युनाइटेड क्लब, झापालाई टाईब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि राजारानी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सलहेशका लागि आदित्य शाक्य र अर्माण्डले गोल गरे भने बिर्तामोडका लागि निरज कार्की र दिवस उराउले गोल गरेका थिए ।

टाईब्रेकरमा भने सलहेशले बिर्तामोडमाथि ५–४ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो । खेलमा सलहेशका आदित्य शाक्य म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार र ट्रफी हात पारे े।

सलहेशले अब यही जेठ १६ गते हुने फाइनलमा आयोजक रारा फुटबल क्लब, राजारानी, धनकुटासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

 

Post Comments