News
क्रोएशियामा बुद्ध गोल्डकप हुने
काठमाडौं । बुद्ध मार्टको आयोजनामा क्रोएशियामा रहेका नेपाली समुदायहरु बीच आउँदो अगस्त ३, ४ र ५ तारीखका दिन बुद्ध गोल्डकप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
जग्रेब स्थित एरिना सेन्टरमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक नेपाली क्लबहरुलाई यही जुलाई २५ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २८० युरो र डिपोजिट वापत २० युरो तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १६०५ युरो प्राप्त गर्नेछ भने उपविजेताले ९०० युरोसहित मेडल, सर्टिफिकेट प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग
- मलेसियन लिगमा निशा र हिराको गोल