News आयोजक रारा फाइनलमा
गोलनेपाल

राजारानी । आयोजक रारा फुटबल क्लब, राजारानी, धनकुटा यहाँ जारी ११औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा राराले डाँगीहाट युथ क्लब, मोरङ्गलाई २–१ ले हराउँदै प्रतियोगिताको ११औं संस्करणको उपाधि नजिक पुग्न सफल भएको हो ।

राजारानी खेलमैदानमा भएको खेलमा राराका लागि शिशिर लेखी र तायोले गोल गरे । पराजित डाँगीहाटका लागि भने संजय श्रेष्ठले गोल गरेका थिए ।

खेलमा राराका छिरिङ्ग गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत जेठ १५ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल सलहेश युवा क्लब, सिराहा र बिर्तामोड युनाइटेड क्लब, झापा बीच हुने आयोजकले जानकारी दियो ।

Post Comments