News
सलहेशलाई ११औं गोर्खा रारा गोल्डकपको उपाधि

राजारानी । कठिन र रोमाञ्चक जितका साथ बुधबार सम्पन्न ११औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लब, सिरहाले जितेको छ । फाइनलमा आयोजक रारा फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै सलहेश च्याम्पियन बनेको हो ।
त्यसअघि राजारानी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । टाईब्रेकरमा भने सलहेशले आयोजक रारामाथि ४–२ को जित निकाल्दै उपाधि माथि कब्जा जमाउन सफल भयो ।
विजेता बनेको सलहेशले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता आयोजक राराले २ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
Post Comments
Related News
- बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: गोल्डेन स्टार भलुवा सेमिफाइनलमा