Province 3 सामाजिकको जित, पुल्चोक रोकियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग अन्तर्गत बिहीबार सामाजिक युवा क्लबले उत्कृष्ट जित हात पार्दा शिर्षताको होडमा रहेको पुल्चोक स्पोर्टस क्लब बराबरीमा रोकिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सामाजिकले रानीबन स्पोर्टस क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । सामाजिकको जितमा बसन्त राना र बिकास दर्जीले एक–एक गोल गर्दा थप एक गोल भने रानीबनका खेलाडीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

यो जितपछि ८ खेलबाट ११ अंक जोडेको सामाजिक लिगतालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित रानीबन भने ६ अंकका साथ १२औं स्थानमा छ ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा पुल्चोकले समाज कल्याण खेलदुक केन्द्रसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बन्यो । यो बराबरीका बावजुद ८ खेलबाट १६ अंक जोडेको पुल्चोक शिर्ष स्थानमा उक्लिएको छ । उता समाज कल्याण भने १३ अंकका साथ पाँचौं स्थानमा छ ।

Post Comments