News शिर्ष स्थानमा उकिलने अवसरबाट चुक्यो आरसी३२
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ ११औं चरणको महत्वपूर्ण खेलमा आरसी३२ फुटबल एकेडेमी बराबरीमा रोकिदा शिर्ष स्थानमा उक्लिने अवसरबाट बञ्चित भएको छ ।

बिहीबार भएको एक मात्र खेलमा आरसी३२ ले पुल्चोक स्पोर्टस क्लबसँग २–२ गोलको प्रतिस्पर्धात्मक बराबरी खेल्यो । आरसी३२ का लागि किस्मत लिम्बु र आशिष लावतीले गोल गरे । उता पुल्चोकका लागि शेरब लो तामाङले एक गोल गरे भने अर्को गोल आरसी३२ का सञ्जय सुब्बाले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

यो नतिजापछि ११ खेलबाट २३ अंक जोडेको आरसी३२ लिगतालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बागमती युवा क्लबको पनि समान २३ अंक भए तापनि गोल भिन्नताका आधारमा शिर्ष स्थानमा यथावत छ । उता पुल्चोक भने २१ अंकका साथ तेस्रो स्थानमा छ ।

Post Comments