News
नेपालले विश्वकप छनौटका खेलहरु साउदीमा खेल्ने

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौट अन्तर्गतका आफ्नो घरेलु खेलहरु नेपालले साउदी अरेबियामा खेल्ने भएको छ । सो कुराको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि मंगलबार आधिकारिक रुपमा पुष्टी गरेको छ ।
केही महिना अघि एएफसीका प्रतिनिधीहरुले दशरथ रंगशालाको निरीक्षण गरे पश्चात बुझाएको रिपोर्ट अनुसार रंगशाला खेल्न अयोग्य रहेको ठहर भएपछि एएफसीले नेपाललाई अर्को विकल्प रोज्न निर्देशन दिएको थियो ।
स्मरण रहोस, दशरथ रंगशालामा खेल नहुने भएपछि विश्वकप छनौतर्फ गत मार्चमा बहराईन विरुद्धको होम एण्ड अवे दुवै खेल नेपालले बहराईन कै घरेलु मैदानमा खेलेको थियो ।
छनौट प्रतियोगिता अन्र्तगत समूह एचमा रहेको नेपालले आउँदो जुन ६ तारीखका दिन युएईसँगको खेल साउदी अरेबियाको दमाम शहरमा खेल्नेछ । त्यस्तै ११ तारीखका दिन नेपालले यमनसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा