News
नेपालले विश्वकप छनौटका खेलहरु साउदीमा खेल्ने
काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौट अन्तर्गतका आफ्नो घरेलु खेलहरु नेपालले साउदी अरेबियामा खेल्ने भएको छ । सो कुराको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि मंगलबार आधिकारिक रुपमा पुष्टी गरेको छ ।
केही महिना अघि एएफसीका प्रतिनिधीहरुले दशरथ रंगशालाको निरीक्षण गरे पश्चात बुझाएको रिपोर्ट अनुसार रंगशाला खेल्न अयोग्य रहेको ठहर भएपछि एएफसीले नेपाललाई अर्को विकल्प रोज्न निर्देशन दिएको थियो ।
स्मरण रहोस, दशरथ रंगशालामा खेल नहुने भएपछि विश्वकप छनौतर्फ गत मार्चमा बहराईन विरुद्धको होम एण्ड अवे दुवै खेल नेपालले बहराईन कै घरेलु मैदानमा खेलेको थियो ।
छनौट प्रतियोगिता अन्र्तगत समूह एचमा रहेको नेपालले आउँदो जुन ६ तारीखका दिन युएईसँगको खेल साउदी अरेबियाको दमाम शहरमा खेल्नेछ । त्यस्तै ११ तारीखका दिन नेपालले यमनसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)