News खालीबारी र स्वयम्भुको बराबरी, साँगाको जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ खालीबारी युवा फुटबल क्लब र स्वयम्भु क्लबले बराबरी खेल्दै अंक बाँडेको दिन स्पोर्टस एकेडेमी साँगाले भने महत्वपूर्ण जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खालीबारी र स्वयम्भुले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खालीबारीका लागि मार्बल सुनारले गोल गरे भने स्वयम्भुका लागि सुग्रित मगरले गोल गरेका थिए ।

यो नतिजापछि १० खेलबाट ११ अंक जोडेको खालीबारी लिगतालिकाको १०औं स्थानमा छ । स्वयम्भु भने ७ अंकका साथ १३औं स्थानमा छ ।

त्यस्तै अर्को खेलमा साँगाले सानेपा क्लबलाई २–१ ले हरायो । साँगाका लागि गम बहादुर मगर र बिकास परियारले गोल गरे । पराजित सानेपाका लागि भने निराजन जंग शाहीले गोल गरे ।

यो जितपछि १० खेलबाट १५ अंक जोडेको साँगा लिगतालिकाको छैठौं स्थानमा उक्लेको छ । पराजित सानेपा भने ११ अंकका साथ नवौं स्थानमा छ ।

Post Comments