News
अक्सफोर्डलाई सेन्ट्रल कलेज अन्तर कलेज फुटसलको उपाधि

भरतपुर | सेन्ट्रल कलेज अन्तर कलेज फुटसलको उपाधि अक्सफोर्ड कलेजले जितेको छ । क्यासी स्पोर्ट्स एण्ड रिक्रिएसन सेन्टर भरतपुरमा भएको फाइनलमा फोर्ब्स कलेजलाई २-१ ले हराउँदै अक्सफोर्ड च्याम्पियन बनेको हो ।
अक्सफोर्डलाई जिताउन दुबै गोल निसान परियारले गरे । फोर्ब्सका रोजल दाहालले एक गोल गरे । विजेता अक्सफोर्डले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित फोर्ब्सले २५ हजार प्राप्त गरेको छ ।
अक्सफोर्डका निशान परियार प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै फोर्ब्सका सुरज तमु उत्कृष्ट गोलकिपर भए । उनीहरुले जनही दुई दुई हजार रुपैयाँ प्राप्त गरे ।
ह्याण्ड ईन ह्याण्ड ईभेन्ट्सले द जिएमआईसँँगको सहकार्यमा गरेको प्रतियोगितामा चितवन, नवलपुर र मकवानपुरका २६ टोली सहभागी थिए । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको थियो ।
Post Comments