News हिमालय युनाईटेड फाइनलमा
गोलनेपाल

इटहरी । हिमालय युनाइटेड फुटबल क्लब, कानेपोखरी यहाँ जारी तेस्रो अजय बिजय स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनलमा हिमालय युनाइटेडले चुलाचुली स्पोर,क्लब, दमकलाई २-१ ले हराउँदै उपाधी नजिक पुगेको हो ।

खेलमा हिमालय युनाइटेडका अंकित लिम्बू र अस्मिन राईले गोल गरे । पराजित चुलाचुलीका लागि भने जंग खडकाले गोल गरेका थिए ।

खेलमा हिमालयका अंकित लिम्बू म्यान अफ द म्याच घोषित भए । अब यही जेठ १९ गते हुने फाइनलमा हिमालय युनाइटेड ले पुर्वान्चल युनाइटेड, मोरङसँग उपाधिका लागि भिड्ने छ ।

संकल्प युवा क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । 

Post Comments