News हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग
गोलनेपाल

मलेसिया । एन पेनाङ एफसी र हिमालयन एफसीबीच सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा एन पेनाङ एफसी टाइब्रेकरमा ५–४ गोल अन्तरले विजयी भएको छ।

प्रतिस्पर्धात्मक खेलपछि एन पेनाङ एफसीले खेलबाट संकलित RM ४,००० राष्ट्रिय खेलाडी आशिष राईको उपचारका लागि सहयोग गर्ने घोषणा गरेको छ।

त्यसैगरी, हिमालयन एफसीका अध्यक्ष सन्तोष कार्कीले पनि आशिष राईको उपचारका लागि RM १,००० आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाका अनुसार आगामी अगस्ट २ मा नेपबोर्न एफसी (अष्ट्रेलिया) विरुद्ध हुने मैत्रीपूर्ण खेलबाट पनि थप सहयोग रकम संकलन गरिनेछ। उक्त रकमसमेत उपचाररत राष्ट्रिय खेलाडी आशिष राईलाई हस्तान्तरण गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो।

Post Comments