काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनका कारण नेपाली टोलीले केही महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गुमाउने संघारमा पुगेको छ ।
एएफसीले एन्फालाई पठाएको पत्रअनुसार एन्फाको निलम्बन फुकुवा नभए नेपाली क्लब र राष्ट्रिय फुटबल टोलीहरुले केही महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुन नपाउने जनाएको छ ।
पत्रमा उल्लेख भएअनुसार नेपालले एएफसी महिला च्याम्पियन्स लिग, एएफसी यु–१७ महिला एसियन कप छनौट र एएफसी यु–२० एसियन कप छनौट जस्ता प्रतियोगिताहरु गुमाउन सक्ने बताइएको छ ।
एएफसीले पठाएको पत्रमा एएफसी महिला च्याम्पियन्स लिगका लागि २९ जुन, यु–१७ महिला एसियन कप छनौटका लागि १३ जुलाई र यु–२० एसियन कप छनौटका लागि १ अगस्त सम्मको समयसिमा तोकिएको छ ।
जसअनुसार नेपालले एएफसी महिला च्याम्पियन्स लिगको समयसिमा गईसकेकाले त्यसमा खेल्न नपाउने निश्चित भएको छ भने यु–१७ महिला एसियन कप छनौट र यु–२० एसियन कप छनौट खेल्ने अवसरबाट बञ्चित हुनुपर्ने त्रास पनि बढेको छ ।
फिफाले एन्फामाथि गत जुन २४ तारीखका दिन अर्को सूचना जारी नहुँदासम्मका लागि प्रतिवन्ध लगाएको थियो । एएफसीले भने एन्फामाथिको त्यो प्रतिवन्ध फुकुवा नभए पत्रमा उल्लेखित प्रतियोगिताबाट पनि नेपाल बाहिरिने स्पष्ट पारेको छ ।
एएफसीले एन्फालाई पठाएको पत्र पनि हेर्नुहोसः

- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”