International
एसिया भ्रमणको पहिलो खेलमै हार्यो म्यानचेष्टर

काठमाडौं । गत सिजन लिगतालिकाको १५औं स्थानमा रहेर सिजनको समापन गरेको इङलिस प्रिमियर लिग जायन्ट म्यानचेष्टर युनाइटेड हाल प्रिसिजन टुरका लागि पूर्वी एसियाको भ्रमणमा छ ।
प्रिसिजन टुर कै क्रममा म्यानचेष्टरले बुधबार भएको पहिलो मैत्रीपूर्ण म्याचमा पराजय समेत बेहोरेको छ । मलेसियन शहर क्वालालम्पुर स्थित बुकिट जलिज स्टेडियममा भएको खेलमा म्यानचेष्टरले एसियान अल स्टार्स टिमसँग १–० को हार बेहोरेको हो ।
म्यानचेष्टरले अब यही मई ३० तारीखका दिन हङ्गकङ्गसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । हङ्गकङ्ग त्यही टोली हो, जोसँग नेपालले जुन ५ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम समेत छ ।
Post Comments
Related News
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू