News ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू
गोलनेपाल

ताप्लेजुङको मिक्वाखोला ४ थलङमा बैशाख १५ गते सोमबार देखि प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप वडा स्तरीय पुरूष फुटबल प्रतियोगिता शुरू भएको छ ।

थलङ खेल मैदानमा सम्पन्न पहिलो खेलमा थलङ स्पोर्टिङ क्लबलाई १-० गोलले पराजित गर्दै सिसास खोक्लिङले विजयी शुरूवात गरेको हो। राष्ट्रिय युवा संघ नेपाल मिक्वाखोला गाउँपालिका कमिटिले आयोजना गरेको प्रतियोगिता बैशाख १९ गते सम्म सन्चालनमा रहने छ ।

प्रतियोगिताको दोस्रो दिन मंगलबार मानाभरा युवा क्लब सॉवा र सौन्दर्य समाजसेवी लिबाङ बिच प्रतिस्पर्धा हुनेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ ।प्रत्येक खेलको म्यान अफ दि म्यचले एक एक हजार प्राप्त गर्नेछन । प्रतियोगिताको वेस्ट प्लेयर,वेष्ट डिफेन्डर,वेष्ट किपर,हाइ स्कोरर,योङ प्लेयरलाई उचित पुरस्कार प्रदान गरिने बताइएको छ ।

खेलको माध्ययमबाट मिक्लाखोलाको पर्यटन प्रवर्द्धन साथै खेलाडी समेत उत्पादन गर्ने उद्येस्यका साथ नव वर्षको अवसरमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुर्ण थलङले जानकारी दिए ।

Post Comments