South Asia भुटानसँग साउदी अरेबिया पराजित
गोलनेपाल

काठमाडौ । साफ यु-२० महिला च्याम्पियनसिप खेल्ने तयारीमा रहेको दक्षिण एसियाली राष्ट्र भुटानले एक मैत्रीपूर्ण खेलमा महत्त्वपूर्ण जित हात पारेको छ ।

साउदी अरेबियाको भ्रमणमा रहेको भुटानले बिहीबार साउदीको किंग फहद स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलुु टोली साउदी अरेबियालाई ३-० ले हराएको हो ।

यो नतिजाले साफ यु-२० महिला च्याम्पियनसिप खेल्ने तयारीमा रहेका भुटानी खेलाडीहरुको क्षमता अभिवृद्धिसँगै खेलाडीहरुलाई थप हौसला मिल्ने निश्चित पनि छ ।

स्मरण रहोस, यश वर्ष साफ यु-२० महिला च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २१ तारीखसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।

Post Comments