News हेटौंडा ७ लाई पाँचौं हेटौंडा मेयर कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न पाँचौ हेटौडा मेयर कप फुटबल प्रतियोगिताको उपाधी ७ नं वडाले जितेको छ । बिहिबार भएको फाईनल खेलमा वडा न ७ ले वडा न ३ लाई २–१ गोल अन्तरले पराजित गरेर उपाधी जितेको हो ।

कुशल अधिकारीको गोल मार्फत अग्रता लिएको वडा नं ७ ले पहिलो हाफमै सुजल श्रेष्ठको उत्कृष्ट फ्रिकिक गोल मार्फत अग्रता दोब्बर पारेको थियो । खेलको अन्त्यतिर वडा नं ३ को तर्फ बाट बिजय दोङले गोल गरे पनि हारबाट जोगिन भने सकेन । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उत्कृष्ट गोल गरेका वडा नं ७ का कुशल अधिकारी फाईनल खेलको म्यान अफ द म्याच भए । त्यसबापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।

त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक वडा नं ७ का पुजन खडका बन्दा उत्कृष्ट डिफेन्डर वडा ७ कै रोशन दोङ चुनिए । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षक पनि वडा नं ७ कै क्रमशः सुनिल गोले, कुशल अधिकारी र नैतिक थापा बने ।

उत्कृष्ट बनेका सबैले जनही १०/१० हजार र ट्रफी हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने वडा नं ३ का विजय दोङ घोषित भए । उनले त्यसवापत २५ हजार र ट्रफी हात पारे ।

विजेता, उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी हेटौडा उपमहानगरपालिकाका उप–मेयर राजेश बानियाँ लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments