News प्रथम कर्णाली फुटसल कप हुने
गोलनेपाल

काठमाडौं । नेपाल अर्गानिक घरको आयोजनामा प्रदेश नं. ६ र ७ का खेलाडीहरूलाई लक्षित गरी प्रथम कर्णाली फुटसल कप हुने भएको छ ।

होपराईज फुटसल, निकोसेरा, भक्तपुरमा यही साउन ११, १२ र १३ गते हुने प्रतियोगितामा सहभागिताका लागि यही साउन १० गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५५५ तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिता मार्फत भाइचारा, आपसी सम्बन्ध, एकता, अनुशासन र कर्णालीका खेलाडीहरूबीचको सहकार्यलाई अझ बलियो बनाउने साझा अभियानका रुपमा समेत लिइएको आयोजकले जनाएको छ ।

 

Post Comments