News फ्रिडमलाई फुटबल उपाधि
गोलनेपाल

काठमाडौं । यहाँ सम्पन्न तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ ले जितेको छ ।

चावहिल खेल मैदानमा भएको फाइनलमा फ्रिडम ‘ए’ ले चावहिल स्पोर्ट्स क्लब ‘बी’ लाई १–० को झीनो गोलअन्तरले पराजित गयो । फ्रिडमका लागि विश्वलाल श्रेष्ठले निर्णायक गोल गरे ।

उपाधिसंगै फ्रिडम ‘ए’ ले १ लाख नगद पुरस्कार पायो । उपविजेता चावहिल ‘बी’ ले ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा चावहिल ‘बी’ का दीपक लामा प्रतियोगिताकै सर्वोत्कृट खेलाडी घोषित भए । चावहिल ‘बी’ का पञ्चनारायण महर्जन उत्कृष्ट गोलरक्षक, फ्रिडम ‘ए’ का राजकुमार घिसिङ उत्कृष्ट स्ट्राइकर र फ्रिडम ‘ए’ कै विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १० गतेदेखि सुरु भएको प्रतियोगितामा २० पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक अजब श्रेष्ठले जानकारी दिए ।

Post Comments