News गाईघाटलाई उदयपुर जिल्ला ए डिभिजन लिगको उपाधि
गोलनेपाल

त्रियुगा । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न भएको उदयपुर जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । फाइनलमा फ्युजन फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै गाईघाट लिग च्याम्पियन बनेको हो ।

लिग विजेता बनेको गाईघाटले उपाधिसहित नगद ५० हजार हात पार्यो भने दोस्रो बनेको फ्युजनले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । गाईघाटका सन्दिप लिम्बु फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक फ्युजनका आशिष बुर्जा चुनिए भने उत्कृष्ट डिफेन्डर गाईघाटका युवराज थापा बने । उत्कृष्ट मिडफिल्डर फ्युजनका आयुब राई चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार गाईघाटका सन्दिप लिम्बुले हात पारे । त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि गाईघाटका दिवश श्रेष्ठ घोषित भए ।

समापन कार्यक्रमका अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राई लगायतले खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।

Post Comments