News ताप्लेजुङमा पनि लिग फुटबल प्रतियोगिता शुरु
गोलनेपाल

फुङलिङ । ताप्लेजुङ जिल्ला फुटवल संघको आयोजनामा जिल्ला लिग फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जिल्ला भीत्रका खेलाडिले मात्रै सहभागी हुन पाउने छन । जिल्ला फुटवल संघमा आवद्ध १४ मध्ये ए डिभिजनका ६ र बि डिभिजनका ८ क्लवको सहभागीता रहेको छ ।

‘अघिल्ला वर्षहरुमा जिल्ला लिगमा वाहिरका खेलाडिपनि आएको पाइयो, तर यो वर्ष जिल्लामा अस्थायि वा स्थायी रुपमा वस्नेलाई मात्रै सहभागी गराइएको छ,’ फुटवल संघका अध्यक्ष अशोक लिम्वूले भने, जिल्लाका खेलाडिको स्तर मापन गर्ने र लगानी वढाउनकालागि यस्तो गरिएको हो ।’

बि डिभिजनका खेल भानुजन माविको मैदानमा सुरु भएको छ । ए डिभिजनको भनें जेष्ठ २१ देखि आठराई त्रिबेणी गाउँपालिकाको चॉगे खेल मैदानमा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि आठराईत्रिबेणी गाउँपालिकाले सहयोग गरेको अध्यक्षअशोकले वताए ।

प्रदेश सदस्य लक्ष्मी काफ्लेका अनुसार ए डिभिजनको प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ । बि डिभिजन लिग भनें नकआउटको आधारमा खेलाइने छ । ए डिभिजनको पुच्छारमा रहेका रहेका दुई क्लवलाई घटुवागरी बी डिभिजनमा झार्ने र बी डिभिजनमा प्रथम र द्धितिय भएकालाई ए डिभिजनमा वढुवा गर्ने कार्यसूची रहेको छ ।

Post Comments