News नवलपरासी गोल्डकपको सेमिफाइनलमा सहारा
सुरज राना मगर

सुनवल । सहारा क्लब, पोखरा यहाँ जारी नवलपरासी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

आइतबार भएको चौथो क्वाटरफाइनलमा सहाराले सुदुरपश्चिम–११ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

शहिद स्मृति रंगशालामा भएको खेलमा सहाराका लागि पहिलो हाफको ३४औं मिनटमा संगम ठकुरी र दोस्रो हाफको ३७औं मिनटमा दिपेश आलेले गोल गरे ।

खेलमा सहारा कै भिषण गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

सहाराले अब जेठ २२ गते हुने दोस्रो सेमिफाइनलमा आयोजक राईजिङ स्टार फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत जेठ २१ गते सोमबारको पहिलो सेमिफाइनल खेल हानामी बिएफसी, चितवन र कोहलपुर रेसिङ्ग सहारा क्लब, बाँकी बीच हुने खेल संयोजक सन्दप केसीले जानकारी दिए ।

राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भूमही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ११ हजार प्राप्त गर्ने प्रतिष्ठानका महासचिव धमेन्द्र अग्रहरीले बताए । फाइनल खेल यही जेठ २४ गतेका दिन हुनेछ ।

Post Comments