News द हिमालयन डेल एकेडेमीलाई उपाधि
गोलनेपाल

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० स्थित इलाभेन स्टार फुटबल क्लबको खेलमैदानमा एक दिने 'अण्डर–१५' (U-15) फुटबल प्रतियोगिता सम्पन्न भएको छ। स्थानीय खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको उपाधि द हिमालयन डेल एकेडेमी FC बोक्सेले जितेको छ।

फाइनल भिडन्तमा द हिमालयन डेल एकेडेमी FC बोक्सेले MRR FC गाईघाटलाई ३–० को शून्यका विरुद्ध तीन गोलको सहज अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।

एलाभेन स्टार फुटबल क्लबको आयोजना तथा एलम्बर युवा समूहको प्रायोजनमा सञ्चालित सो प्रतियोगितामा आयोजकका दुई र वडा भित्रका चार गरी जम्मा ६ टोलीको सहभागिता थियो।

विजेता टोली बोक्सेले नगद रु. ५,००० सहित मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजेता MRR FC गाईघाटले नगद रु. २,५०० सहित मेडल र ट्रफीमा चित्त बुझाएको छ। प्रतियोगिता अवधिभर प्रत्येक खेलको 'म्यान अफ द म्याच' घोषित हुने खेलाडीलाई नगद रु. २०० पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

Post Comments