AFC/FIFA अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
गोलनेपाल

काठमाडौं । बंगलादेशको शिर्ष क्लब फोर्टिस एफसीमा आवद्ध नेपालका दुई चर्चित खेलाडीहरु अनन्त तामाङ र एरिक बिष्टले प्रतिष्ठित एएफसी च्यालेञ्ज लिग खेल्ने पक्का भएको छ ।

मंगलबार प्रारम्भिक चरणको छनौट खेलतर्फ फोर्टिसले किर्गिस्तानको टोली मुरास युनाइटेडलाई १–० ले हराउँदै च्यालेञ्ज लिगको समूह चरणमा स्थान बनाउन सफल भएको हो ।

फोर्टिसका लागि अनन्त र एरिकले पहिलो रोजाई मै रहेर खेले । र, टोलीको जितमा महत्वपूर्ण भूमिका समेत खेले ।

त्यस्तै भुटानको पारो एफसीले पनि च्यालेञ्ज लिगको समूह चरणमा स्थान बनाएको छ । मंगलबार नै भएको प्रारम्भिक चरणको छनौट खेलतर्फ पारोले अफगानिस्तानको अबु मुस्लिमलाई २–० ले हरायो ।

 

Post Comments