ANFA बाक्सिला र नुनथला स्पोर्ट्स फाइनलमा भिड्ने
गोलनेपाल

दिक्तेल । बाक्सिला एफ सि र नुनथला स्पोर्ट्स क्लब जारी छैठौँ सूचन स्मृति खोटाङ फुटबल एकेडेमी दिक्तेल मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

दिक्तेल माटीकोरे खेलमैदानमा शुक्रबारको पहिलो सेमिफाइनलमा बाक्सिला एफ सि ले तुवाचुङ एफसि विरुद्द १ : ०  ले जित निकालेको थियो र उक्त खेलमा म्यान अफ द म्याच निरज खड्का बनेका थिए !! त्य्सैगरि आजको दोस्रो सेमिफाइनलमा खेलमा नुनथला स्पोर्ट्स क्लबले नेर्पा स्पोर्टिङ क्लबलाइ निर्धारित समय २:२ गोल को बराबरिमा समापन भएका र टाइ ब्रेकर मार्फत ५:४ ले जित निकालेर नुनथला स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको थियो ! उक्त खेलमा अमन लामा म्यान अफ द म्याच बनेका थिए  !!

Post Comments