Gorkhalis Abroad झापा सुपर कप इजरायल २०२५ सम्बन्धी पत्रकार सम्मेलन जुन १३ मा हुने
गोलनेपाल

झापा एफसी इजरायलको आयोजनामा यहि आउँदो जुलाई १८-१९, २०२५ मा हुने “झापा सुपर कप इजरायल २०२५” फुटबल प्रतियोगिताका विषयमा प्रारम्भिक जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ।

पत्रकार सम्मेलन यहि जुन १३, २०२५ (शुक्रबार) का दिन बेलुका ४:३० बजे इजरायलको तेलअविवस्थित यसोदहामाला २७ मा आयोजना हुनेछ। आयोजकले सहभागी क्लबहरूलाई अनिवार्य रूपमा केही विवरणहरू सो सम्मेलनमा पेश गर्न आग्रह गरेको छ।

प्रस्तुत गर्नुपर्ने विवरण:

  • खेलाडीहरूको नामावली: ९ जना मुख्य खेलाडी र ४ जना बेञ्च खेलाडीसहित कुल १३ जना

  • टिमको कोच र म्यानेजरको जानकारी

  • टिमको कुल सदस्य संख्या: १५ जना
    (जुलाई ५ बेलुका ७:३० बजे सम्म २ जना खेलाडी परिवर्तन गर्न सकिने व्यवस्था)

प्रतियोगितामा सहभागी हुन लाग्ने शुल्क:

  • क्लब दर्ता शुल्क: २१०० शेकेल

  • कार्ड डिपोजिट: २०० शेकेल
    कुल: २३०० शेकेल

आयोजकको अनुरोध:

  • सबै क्लबहरूले आफ्नो टिमको नाम, लोगो (यदि उपलब्ध छ भने), र आवश्यक विवरण पत्रकार सम्मेलन हुनु अघि नै आयोजकलाई उपलब्ध गराउनु पर्नेछ।

  • प्रतियोगितासम्बन्धी नियमावली, खेल तालिका तथा पुरस्कार सम्बन्धी सम्पूर्ण जानकारी पत्रकार सम्मेलनकै दिन सार्वजनिक गरिनेछ।

झापा एफसी इजरायलले आयोजना गर्न लागेको यो प्रतियोगिता इजरायलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै खेलकुदको माध्यमबाट आपसी समन्वय, सद्भाव र मनोरञ्जनको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

Post Comments