News
शेर्पा १५औं जितपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

जितपुरसिमरा । हिमालयन शेर्पा फुटबल क्लब, काठमाडौं जारी १५औं जितपुरसिमरा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
सोमबार भएको चौथो क्वाटरफाइनलतर्फ शेर्पाले फ्रेण्डस क्लब, कुपण्डोललाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो । शेर्पाको जितमा रोबर्ट खोङजोले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता खोङजो नै खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र २६ गते मंगलबारको पहिलो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र हनामी बिएफसी, चितवनबीच हुने आयोजकले जानकारी दियो ।
नव जनजागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २९ गतेका दिन हुनेछ ।
Post Comments