News १५औं जितपुरसिमरा गोल्डकपः मच्छिन्द्र फाइनलमा
गोलनेपाल

जितपुरसिमरा । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं जारी १५औं जितपुरसिमरा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सिमरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा मच्छिन्द्रले हनामी बिएफसी, चितवनलाई १–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । खेलमा मच्छिन्द्रका रेजिन सुब्बा म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत्र २७ गते बुधबारको दोस्रो सेमिफाइनल खेल आयोजक नव जनजागृति युवा क्लब, सिमरा र हिमालयन शेर्पा क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

नव जनजागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २९ गतेका दिन हुनेछ ।

 

Post Comments