ANFA महेन्द्र मावि र मर्निङ्ग स्टार सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । समान अन्तरको जित निकाल्दै महेन्द्र मावि र मर्निङ्ग स्टार स्कुल यहाँ जारी प्रथम बराहक्षेत्र कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो क्वाटरफाइनलतर्फ महेन्द्र माविले भरौल बाल मन्दिरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । महेन्द्र माविका लागि प्रचिन भुजेल र रिजन कार्कीले गोल गरे । खेलमा महेन्द्र मावि कै प्रचिल भुजेल प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा मर्निङ्ग स्टारले महेन्द्र मावि, भरौललाई समान २–० को अन्तरले हरायो । मर्निङ्ग स्टारका लागि बिमल मगर र सन्जोक राईले गोल गरे । खेलमा मर्निङ्ग स्टार कै अभिनाष श्रेष्ठ प्लेयर अफ द म्याच चुनिए ।

जनता मावि, बराहक्षेत्र–३, नडाहा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ हजार हात पार्नेछ भने उपविजेताले ११ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असार १२ गतेका दिन हुनेछ ।

Post Comments