News महेन्द्र माविलाई उपाधि
गोलनेपाल

बराहक्षेत्र । संघर्षपुर्ण जितका साथ यहाँ सम्पन्न प्रथम बराहक्षेत्र कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि महेन्द्र मावि, तित्रिवनले जितेको छ । फाइनलमा मर्निङ स्टार कुल, चक्रघट्टीलाई सडन डेथमा हराउँदै महेन्द्र मावि च्याम्पियन बनेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । त्यसपछिको टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा महेन्द्र माविले ३–२ को जित निकाल्दै उपाधि जित्न सफल भयो ।

विजेता बनेको महेन्द्र माविले उपाधिसहित २१ हजार हात पार्यो भने उपविजेता मर्निङ स्टारले नगद ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

मर्निङ स्टारका सोहन बस्नेत फाइनल खेलको प्लेयर अफ द म्याच चुनिए । त्यसवापत उनले नगद ११ सय र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक महेन्द्र माविका निश्चल कोइराला बन्दा उदीयमान खेलाडी आयोजक जनता माविका प्रदिप लिम्बु बने । सर्वाधिक गोलकर्ताको पुरस्कार महेन्द्र माविका अनुप घिमिरेले हात पारे । उत्कृष्ट बनेका सबैले जनही ११–११ सय र ट्रफी हात पारे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने विजेता महेन्द्र मावि कै टंक बस्नेत घोषित भए । उनले त्यसवापत नगद १५ सय र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका, सुनसरीका युवा तथा खेलकुद शाखा प्रमुख देवेन्द्र बहादुर मल्ल लगायतले पुरस्कृत गरेका थिए ।

जनता मावि, बराहक्षेत्र–३, नडाहा, सुनसरीको आयोजनामा असार ७ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १० विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments