News प्रथम बखरी फुटसल कप हुने
गोलनेपाल

बिराटनगर । डाईमण्ड फुटबल क्लब, बिराटनगरको आयोजनामा यही असार २१ गतेका दिनदेखि प्रथम बखरी फुटसल कप हुने भएको छ । बिराटनगर–९ स्थित जेएनएल फुटसल ग्राउण्डमा हुने प्रतियोगिताको आवश्यक तयारीसँगै टिमदर्ता पनि खुला गरिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही असार १८ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७ हजार तोकिएको प्रतियोगिता संयोजक सुमन गिरीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments