News नमो बुद्ध सेमिफाइनलमा पुग्ने तेस्रो टोली
गोलनेपाल

गाईघाट । नमो बुद्ध युथ क्लब, सप्तरी यहाँ जारी दोस्रो उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

तेस्रो क्वाटरफाइनलतर्फ नमो बुद्धले धनकुटा जिल्ला फुटबल संघ, धनकुटालाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा नमो बुद्धका लागि मनिता तुम्रुकले एक मात्र निर्णायक गोल गरिन् ।

खेलमा नमो बुद्ध कै खुश्मा राई प्लेयर अफ द म्याच घोषित भईन् । प्रतियोगिता अन्तर्गत असार १४ गते शुक्रबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल बागमती युवा क्लब, सर्लाही र रोयल स्र्पोटिङ क्लब, झापा बीच हुने आयोजकले जानकारी दियो ।

उदयपुर जिल्ला फुटबल संघको आयोजना तथा त्रियुगा नगरपालिका, गाईघाट, उदयपुरको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १८ गतेका दिन हुनेछ ।

Post Comments