प्रतिष्ठित १७औं भानु कप असार अन्तिम सातादेखि
गोलनेपाल

भानु । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औ जन्मजयन्तीको अवसरमा प्रतिष्ठित १७औं भानु कप राष्ट्रिय फूटबल प्रतियोगिता तथा विविध खेलकुद कार्यक्रम हुने भएको छ ।

“भानु जाऔं, फूटबलको साथमा रमाऔं” भन्ने नाराका साथ यही असार २९ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारीलाई पनि तिव्र पारिएको आयोजक भन्सार युवा परिवार, भानु–१, तनहुँका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

भानु–१ भन्सार स्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताको टिमदर्ता यही असार १६ देखि २७ गतेसम्म खुला गरिएको पनि आयोजक क्लबका अध्यक्ष श्रेष्ठले बताए । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको पनि उनले जानकारी दिए । प्रतियोगिताका लागि भानु कप सचिवालयको कार्यालय भानु–१ भन्सार चोकमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

भिमसेन युवा क्लब र सालबिस्ने युवा क्लबको सह–आयोजनामा हुने प्रतियोगिता कै अवसर पारी विविध खेलकुद कार्यक्रमहरु संचालन गरिने कार्यक्रमका मूल संयोजक बिष्णु अधिकारीले जानकारी दिए ।

तनहुँ जिल्ला कै सर्वाधिक धनराशी रहेको प्रतियोगिताको फुटबलतर्फ विजेताले उपाधिसहित नगद २ लाख ५० हजार २ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार २ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत बानियाँले जानकारी दिए ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई जनही २५ हजार २ सय ११ रुपैयाँ प्रदान गरिने अर्का खेल संयोजक पारस थापा मगरले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११९ ट्रफी, मेडल, प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकलाई नगद रु ५ हजार २ सय ११९ ट्रफी, मेडल, प्रमाणपत्र, सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिए । त्यसवाहेक प्रत्येक खेलको प्लेयर अफ द म्याच र फेयर प्ले टिमलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यसैगरी अन्य विविध कार्यक्र अन्तर्गत छेलोतर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र दर्ता शुल्क २ सय, बाघचालतर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ , प्रमाणपत्र र दर्ता शुल्क २ सय रहेको पनि आयोजकले जानकारी दियो ।

Post Comments