South Asia साफ यु–१९ च्याम्पियनसिपका लागि भारत पुग्यो टिम नेपाल
गोलनेपाल

काठमाडौं । केही दिन मै शुरु हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपका लागि नेपालको युथ टोली आयोजना स्थल भारतको अरुणाचल प्रदेश पुगेको छ । नेपाली टोलीलाई आयोजक र त्यहाँका स्थानीय पदाधिकारीहरुले स्वागत गरे ।

प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको नेपालले आयोजक भारत र श्रीलंकासँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल ११ मईका दिन श्रीलंका र १३ मईका दिन भारतसँग खेल्नेछ ।

त्यस्तै समूह बी तर्फ बंगलादेश, भुटान र माल्दिभ्स छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने मई १८ तारीखका दिन हुनेछ ।

Post Comments