News खेलाडी संघको पहलमा युवा खेलाडी मनिषको निःशुल्क शल्यक्रिया सम्पन्न
गोलनेपाल

काठमाडौं । नेपाल फुटबल खेलाडी संघको पहल तथा स्वास्थ्य सहयोगी संस्था बि एन्ड बि हस्पिटलको सहयोगमा कास्की जिल्ला निवासी १९ बर्षिय खेलाडी मनिष क्षेत्रीको घुँडाको शल्यक्रिया पूर्ण रुपमा निस्शुल्क सम्पन्न भएको छ ।

संघका अनुसार खेलाडी क्षेत्रीलाई आफ्नो उपचारका दौरान कुनै समस्या नहोस् भनेर सहयोगी हातहरुको समन्वयमा उनको एमआरआईदेखि आवास र खानपिनको पनि उपलब्ध गराएका छौं । साथै योसँगै संघको पहलमा एमआरआई तथा उपचारमा समन्वय गर्दै सुविधा लिनुहुनेको संख्या २०४ पुगेको अध्यक्ष लामाले जानकारी दिए ।

नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाका अनुसार संघले चर्चित बि एण्ड बि हस्पिटल प्रा.लि.सँगको सहकार्यमा युवा खेलाडी मनिषको शल्यक्रिया निःशुल्क रुपमा सम्पन्न गरिएको हो । संघले सोही अवसरमा सहयोगी सबैप्रति आभार प्रकट गर्दै चोटिल खेलाडी मनिषको शिर्घ स्वास्थ्य लाभको सामना समेत गरेको छ ।

 

 

Post Comments