ब्वाईज युनियन र बिरगंजको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ बिहीबार भएको पहिलो खेलमा ब्वाईज युनियन क्लब र बिरगंज युनाइटेड क्लबले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाईज युनियनका लागि सुजित बुढाथोकी, दोर्जे तामाङ र दिव्य बिक्रम चौधरीले गोल गरे । बिरगंज युनाइटेडको तर्फबाट मन कुमार तामाङले आत्मघाती गोल गर्दा थप दुई गोल अमर डंगोल र अमित बछरले गरे ।

खेलमा ब्वाईज युनियनका सुजित बुढाथोकी प्लेयर अफ दि म्याच चुनिए । यो नतिजापछि १० खेलबाट समान १६–१६ अंक जोडेका बिरगंज र ब्वाईज युनियन लिगतालिकामा शिर्ष तीन कै होडमा कायम छन् ।

Post Comments