
हेटौडा उपमहानगरपालिकाको मुख्य प्रायोजन र मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा शुक्रबारबाट मकवानपुरमा सुरु भएको महिला गोल्डकपमा दोस्रो दिनको खेलबाट सहज जितका साथ संकटा सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार गौरीटार रङ्गशालामा भएको प्रतियोगिता खेलमा नव जन जागृती क्लब सिमरालाई ६–१ को फराकिलो जित निकाल्दै संकटा सेमिफाईनल प्रवेश गरेको हो । संकटाको जितमा ममता पुन मगरले ४ गोल गरिन भने जेनिफर राना मगरले २ गोल गरिन सिमराको लागी भने सान्त्वना गोल रोजिना लामाले गरीन । प्रतियोगिताको पहिलो ह्याट्रिक गर्न सफल संकटाका ममता पुन मगर खेलको प्लेयर अफ द म्याच हुन सफल भईन । उनले नगद १० हजार रुपैयाँ तथा ट्रफि प्राप्त गरिन् ।
प्रतियोगिता अन्तर्गत आईतबार रौतहट जिल्ला महिला फुटबल टिम र नेपाल पुलिस क्लब काठमाडौं बिच हुनेछ । खेल दिउँसो ४ बजे हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
- सहज जितका साथ एपिएफ सेमिफाईनलमा
- मकवानपुर : महिला गोल्डकपमा चितवन सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको तयारी पूरा, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने
- दिव्य स्पोर्टस एकेडेमीलाई नागस्वती युथ कपको उपाधि
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने