News छैठौं थाहा गोल्डकप शुरु, पाखुरेको विजयी शुरुवात
गोलनेपाल

पालुङ । बुधबारदेखि मकवानपुरमा शुरु भएको छैठौं थाहा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा पाखुरे युवा क्लबले विजयी शुरुवात गरेको छ ।

इन्द्रायणी चौरमा भएको उद्घाटन खेलमा पाखुरेले घरेलु टोली थाहा नगरपालिकालाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पाखुरेले टाईब्रेकरमा ५–४ को जित निकाल्यो ।

खेलमा पाखुरेका गोलरक्षक सागर तामाङ म्यान अफ द म्याच घोषित भए । यो जितसँगै पाखुरे सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

थाहा नगरपालिका, मकवानपुरको आयोजना तथा शिखर क्लब, शिखरकोटको व्यवस्थापनमा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार ६ गतेका दिन हुनेछ ।

 

Post Comments