News
दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप फागुन तेस्रो सातादेखि

हेटौँडा । दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता आगामी फागुन २२ गते देखी आयोजना हुने भएको छ । हेटौँडा भेट्रान्स क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा दशौँ संस्करणको प्रतियोगिता फागुन २२ गते देखी २६ गतेसम्म हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा आयोजना हुने क्लबका अध्यक्ष रमेश कुमार उप्रेतीले जानकारी दिए ।
स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथे गत वर्ष देखी ४५ वर्ष माथि उमेर समूहमा प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष पनि ४५ वर्ष माथि उमेर समूह बिच देशैभरका १६ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहने उप्रेतीले बताए । स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ आयोजना हुने भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरूको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने क्लबका अध्यक्ष उप्रेतीले बताए ।
प्रतियोगितामा मुख्य सहयोगीका रूपमा हेटौँडा उपमहानगरपालिका रहनेछ भने हेटौडा स्कुल म्यानेजमेन्ट लगायत विभिन्न पालिकाहरू, वडा कार्यालयहरु, संघ संस्था तथा समाजसेवी, फुटबल खेलप्रेमीहरुको साथ सहयोग रहने बताइएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने टिमले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ । यस अघिको नवौँ संस्करण बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लबले हात पारेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा