
पोखरा । युनाईटेड बगरको आयोजनामा आउँदो बैशाख २७ गतेदेखि प्रथम सेभेन ए साइड ओपन फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा–१ पुरानो टुँडिखेलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५०० रुपैयाँ तोकिएको छ ।
‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिताको उपाधी विजेता टिमले १,११,१११ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।
त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद ५५,५५५ रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५,०००र(, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई नगद ३,५०० हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ५,००० हजार सहित ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ। प्रतियोगितामा करि ३५ क्लबहरुको सहभागिता रहने पनि आयोजकले जानकारी दियो ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड