
पोखरा । परिवर्तन युवा क्लब, पोखरा २२ को आयोजना र पोखरा हटलाइन राष्ट्रिय दैनिकको सहआयोजनामा आयोजित प्रथम त्रिभुवन कप फुटबल प्रतियोगिताको उपाधि कालाबाङ घरेडीले जित्न सफल भएको छ ।
फाइनल खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा आयोजक परिवर्तन युवा क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै कालाबाङ घरेडी विजेता बन्यो ।
प्रतियोगितामा परिवर्तन युवा क्लबका समीर गुरुङ उत्कृष्ट खेलाडी भए, उत्कृष्ट गोलरक्षक परिवर्तन युवा क्लबका संजय मल्ल ठकुरीले प्राप्त गरेका छन्। यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार कालाबाङ घरेडीका सन्देश तामाङले हात पारे ।
पोखरा हटलाइन राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक स्वर्गीय त्रिभुवन पौडेलको सम्झनामा आयोजित प्रतियोगिता फागुन १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा कास्की र स्याङ्जाबाट कुल २० वटा टिमको सहभागिता रहेको कार्यक्रमका संयोजक सुदिप बरालले जानकारी दिए ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड