
काठमाडौँ । यहाँ सम्पन्न दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामाको उपाधि वडा नं १६ ले जित्न सफल भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनलमा वडा नं १६ ले वडा नं १२ लाई ५–२ ले हरायो ।
पूवार्धको खेल गोलरहित टुङिगएको थियो । तर मध्यान्तरपछि खेल सुरु भएको पहिलो मिनेटमै वडा नं १२ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा नं १६ ले अग्रता बनाएको थियो । त्यसपछि आयुष कुँवर, रविन निरौला र सुजत डङ्गोलले गोल गरी विजयी टिमलाई ४–० को सहज अग्रता दिलाए ।
उता मनोज महर्जन र सिद्धार्थ देउलाको गोलबाट वडा १२ ले खेलमा फर्किने प्रयास गरेको थियो । तर खेल सकिनै लाग्दा श्रेयान्स मानन्धरले गोल गरेपछि वडा १६ फराकिलो गोल अन्तरसहित च्याम्पियन बन्यो । श्रेयान्स फाइनलको म्यान अफ दि म्याच पनि चुनिए ।
उपाधि विजेता वडा १६ ले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता वडा १२ ले ट्रफी र एक लाख रुपैयाँमा चित्त बुझायो । वडा नं १६ का आयुष कुँवर प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित चुनिए । उपाधि विजेता टिमकै मनोज महर्जन सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट गोलरक्षकको पुरस्कार वडा नं १२ का मनोज महर्जनलाई प्रदान गरियो । व्यक्तिगत विधातर्फ उत्कृष्ट तीनै जना खेलाडीले जनही दस–हजार रुपियाँ प्राप्त गरे ।
समापन समारोहमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले मध्यान्तरसम्म फाइनल खेलको अवलोकन गरेका थिए । काठमाडौँ महानगरपालिकाका प्रशासकिय प्रमुख सरोज गुरागाईँ तथा आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनलगायतले विजेता तथा उपविजेता र व्यक्तिगत विधामा सर्वश्रेष्ठ खेलाडीहरुलाई ट्रफी, पदक तथा पुरस्कार रकमको चेक प्रदान गरेका थिए ।
सो अवसरमा अध्यक्ष मचाराजा महर्जनले वडा नं २३ ले अर्को वर्ष तेस्रो संस्करण अझ भव्यताका साथ आयोजना गर्ने बताए । गत असोज १ गते सुरु भएको प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाले सहभागिता जनाएका थिए ।
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा