News एन्फा युथ लिगः जितको लय मै संकटा
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ जितको लय कायम राख्ने क्रममा संकटा फुटबल क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

मंगलबार दिनको तेस्रो खेलमा संकटाले एनआरटीलाई ३–० ले पराजित गर्यो । एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाका लागि प्रजलकुमार लुम्रे र नवराज तिरुवाले गोल गरे ।

लगातार दोस्रो जित हात पारेको संकटाको खातामा दुई खेलबाट ६ अंक भएको छ । उता आफ्नो दुई खेल मै हार बेहोरेको एनआरटी भने अझै अंकविहीन छ ।

Post Comments