News साफ यु-१७ च्याम्पियनसिप: पाकिस्तान सेमिफाइनलमा
गोलनेपाल

काठमाडौ । शुरूवातबाटै उत्कृष्ट प्रदर्शन गरिरहेको पालिस्तान समुह चरणको अन्तिम खेलमा पनि उत्कृष्ट जित निकाल्दै जारी साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल कै समूह बी मा रहेको पाकिस्तानले बुधबार आफ्नो अन्तिम खेलमा श्रीलंकामाथी ५-१ को प्रभावशाली जित निकाल्यो र अन्तिम चारमा आफ्नो स्थान पक्का गर्यो । पाकिस्तानले आफ्नो पहिलो खेलमा नेपाललाई १-० ले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग ३-३ को बराबरी खेलेको थियो ।

समूह बी बाट अब सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुंगो बुधबार नै हुने नेपाल र भुटान बीचको खेलको नतिजाबाट लाग्नेछ । साथै समूह बी को विजेता र उपविजेताको टुंगो पनि लाग्नेछ ।

उता समूह ए बाट भने साविक विजेता भारत र गत संस्करण कै उपविजेता बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन ।

Post Comments