
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपालको स्थान तल खस्किएको छ । फिफाले जुलाई महिनाका लागि निकालेको नयाँ वरियतामा नेपाल एक स्थान झर्दै १७६औं खस्किएको हो ।
दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । दक्षिण एसियातर्फ शिर्ष स्थानमा रहेको भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ ।
त्यस्तै सात स्थान तल खस्किदै १७१औं पुगेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । एक स्थान तल झर्दै १८४औं स्थानमा पुगेको बंगलादेश दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।
त्यसैगरी १८६औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । १९६औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ छैठौं स्थानमा रहँदा २०१औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।
विश्व वरियताको शिर्ष स्थानमा विश्व विजेता अर्जेन्टिना नै कायम छ । त्यस्तै स्पेन दोस्रो स्थानमा उक्लिदा फ्रान्स तेस्रो स्थानमा झरेको छ ।
- प्रधानमन्त्री ओली : ‘खेलाडीहरू अब खेल खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ’
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने