News
फ्रिडम फाइटर र पूर्वेली भेट्रान्स उपाधिका लागि भिड्दै

हेटौडा । यहाँ जारी तेस्रो संस्करणको राष्ट्रिय रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौंको फ्रिडम फाइटर भेट्रान्स प्रवेश गरेको छ ।
पिप्ले–क्याम्पा रंगशालामा भएको दोस्रो सेमीफाइनल खेलमा सर्लाहीको हरिवन भेट्रान्सलाई १०–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फ्रिडम फाइटर फाइनल प्रवेश गरेको हो ।
मंगलबार हुने फाइनल खेलमा उपाधिका लागि फ्रिडम फाइटरले झापाको पूर्वेली भेट्रान्ससँग खेल्नेछ । आइतबार भएको पहिलो समीफाइनल खेलमा जीतपुर–सिमरा उपमहानगरपालिकाको नवजनजागृति भेट्रान्स सिमरालाई १–० गोलले हराउँदै झापाको पूर्वेली भेट्रान्स फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ र उपविजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोकृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ, सर्वोकृष्ट खेलाडीले ५ हजार रुपैयाँ, सर्वोकृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र फरर्वाडले ५–५ हजार रुपैयाँ नगद राशि प्राप्त गर्नेछन् ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा