नवबुद्ध र बुलबुलेको शानदार जीत
गोलनेपाल

कैलारी । कैलालीको कैलारी गाउँपालिका–४ के गाउँमा जारी २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सोमबार पुरुषतर्फका दुई खेल सम्पन्न भएका छन्। दुवै खेलमा फराकिलो नतिजा निस्किएको छ।

पहिलो खेलमा नवबुद्ध युवा क्लब, धनगढीले न्यू स्टार युवा क्लब, कैलारीलाई ६–१ गोलले पराजित गर्यो। नवबुद्धका लागि सुदीप सुनारले १६औँ, पवन थापाले २०औँ, दिपक बोहराले ४०औँ, आयुष भण्डारीले ४७औँ र प्रकाश सिंहले ६६औँ मिनेटमा गोल गरे। न्यू स्टारका सञ्जय चौधरीबाट आत्मघाती गोल भएको थियो भने रामदेव चौधरीले टोलीका लागि एक गोल फर्काए। नवबुद्धका पवन थापा खेलको उत्कृष्ट खेलाडी घोषित भए।

दोस्रो खेलमा बुलबुले युवा क्लब, पहलमानपुरले पटेला स्मार्ट क्लब, पटेलामाथि ५–० को सहज जीत निकाल्यो। बुलबुलेका कमल बुढामगरले ३३औँ, उमेशबहादुर साउदले ४०औँ र ७०औँ मिनेटको अतिरिक्त समयमा दुई गोल, तथा हेमन्त ठकुल्लाले ४८औँ मिनेटमा गोल गरे। बिरेन्द्र सुनार खेलको उत्कृष्ट खेलाडी बने।

यससँगै प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई महत्वपूर्ण खेल हुँदैछन्। पुरुषतर्फ घोडाघोडी फुटबल एकेडेमी र युथ युनाइटेड क्लबबीच दिउँसो १:३० बजे प्रतिस्पर्धा हुनेछ। महिलातर्फ भने दिउँसो ४ बजे आयोजक न्यू युवा सुन्दर शक्ति क्लब र वनदेवी समन्वय युवा क्लबबीच भिडन्त हुनेछ।

Post Comments