News
पोर्चुगलमा पोखरा गोल्डकप हुने
काठमाडौं । पोर्चुगलमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित पोखरा फुटबल क्लब, लिस्बको आयोजनामा आउँदै गरेको बडादशैं र दिपावलीको अवसर पारी सेप्टेम्बर ८ तारीखका दिन पोखरा गोल्डकप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
लिस्बन स्थित भिटोरिया दि क्लबमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । टिमदर्ता शुल्क भने ३५० युरो तोकिएको छ । साथै प्रतियोगितामा पोर्चुगलमा रहेका नेपाली समुदायका टिम र खेलाडीहरुले सहभागिता जनाउन पाउने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ हजार युरो हात पार्नेछ भने उपविजेताले १५ सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ तीन विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई जनही ५०–५० युरो र ट्रफी प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- अञ्जिलालाई हङकङमा सम्मानसहित रकम हस्तान्तरण
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग