News रड्सलाई ३ अंक, युनिक र जि ब्वाईजको बराबरी
गोलनेपाल

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज दुई खेल सम्पन्न भएका छन् ।

भरतपुर ७ कृष्णपुरमा आज भएको पहिलो खेलमा रामपुर फुटबल क्लब रड्सले जित हात पारेको छ । रड्सले हर्दी युवा समाजलाई ३-१ ले हराउँदै तीन अंक जोडेको हो । रड्सलाई जिताउन मनोज थापाले दुई तथा साहिल थापा मगरले एक गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे ।

हर्दीका सन्तोषले ३० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा रड्स खेलमा फर्कियो । साहिलले ४७ औं मिनेटमा बराबरी गोल फर्काए । मनोजले खेलको ५७ औं तथा ६५ औं मिनेटमा गोल गरेपछि रड्स विजयी भयो । रड्सका चित्रबहादुर कुमाल म्यान अफ दि म्याच भए ।

यस्तै आजको दोस्रो खेलमा नारायणी मोटर्स युनिक एफसी र आई स्टडी गीतानगर ब्वाईजले बराबरी गर्दै अंक बाँडेका छन् । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि दुबै टिमले अंक बाँडेका हुन् । युनिकका सौरभ प्रजा म्यान अद दि म्याच भए ।

Post Comments